images
images

मन्त्रिपरिषद् बैठक आज बस्दै, डेडिकेट र ट्रकलाइन सम्बन्धमा के निर्णय होला ?

मन्त्रिपरिषद् बैठक आज बस्दै, डेडिकेट र ट्रकलाइन सम्बन्धमा के निर्णय होला ?

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • मन्त्रिपरिषद् बैठक आज बस्दै, डेडिकेट र ट्रकलाइन सम्बन्धमा के निर्णय होला ?

    काठमाडौँ / मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको हो ।

    images
    images
    images
    images

    सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि सामबार प्रधानमन्त्रीको व्यस्तताले बैठक बस्न सकेन । आज बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे छलफल हुनसक्ने स्रोतले जनाएको छ । 

    गत २४ असोजमा नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा बक्यौता रहेका भनिएका ४९ वटा उद्योगलाई बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको थियो । 

    त्यसको म्याद सकिएपछि कार्तिक ८ मा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएको थियो । सो विषयमा कार्तिक ८ मा बसेको प्राधिकरणको सञ्चालक समिति बैठकमा समिति अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लाइन नकाट्न निर्देशन दिएका थिए ।

    निर्देशन विपरित प्राधिकरणका निर्देशक घिसिङले लाइन काटिदिएपछि चिढिएको सरकारले आज सो विषयमा निर्णय गर्न सक्ने बताइएको छ । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार