images
images

महालक्ष्मी विकास बैंकको वितरणयोग्य मुनाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

महालक्ष्मी विकास बैंकको वितरणयोग्य मुनाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • महालक्ष्मी विकास बैंकको वितरणयोग्य मुनाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत बर्ष सोही अवधिमा बैंकले ९ करोड ५३ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको नाफा १.१४ प्रतिशतले घटेको हो । 

    बैंकको इम्पेरिमेन्ट चार्ज (रिभर्स) ३१.७५ प्रतितशले बृद्धि भएसँगै बैंकको नाफामा दबाव पुगेको देखिन्छ । गत बर्ष पहिलो त्रैमासमा १३ करोड ९२ लाख ६६ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज समीक्षा अवधिमा बढेर १६ करोड ३६ लाख २ हजार रुपैयाँ पुगेको छ । 

    नाफा घटे पनि बैंकको वितरणयोग्य मुनाफा ४३.८३ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष पहिलो त्रैमासमा १४ करोड ८९ लाख २४ हजार रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा बढेर २१ करोड ४१ लाख ९० हजार रुपैयाँ पुगेको हो । 

    यसैगरी बैंकको रेन्टेड अर्निङ २०९२ प्रतिशतले बढेर २१ करोड ४१ लाख ९० हजार रुपैयाँ पुगेको छ भने निक्षेप सङ्कलन भने ४.८१ प्रतिशतले घटेको छ । गत बर्ष तीन महिनामा ५५ अर्ब २१ करोड २ लाख ८२ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेर ४० अर्ब ४३ करोड ३७ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह थियो । यस बर्ष भने सोही अवधिमा बैंकले  ५२ अर्ब ५५ करोड ३७ लाख ५२ हजार निक्षेप सङ्कलन गरेर ४० अर्ब ९३ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ४३ करोड ३६ लाख २३ हजार रुपैयाँ सञ्चित छ । 

    बैंकको खुद ब्याज आम्दानी ९.५२ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष ४४ करोड १२ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस बर्ष भने सो रकम ४८ करोड ३२ लाख ११ हजार रुपैयाँ पुर्याएको हो । 

    त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०.७१ प्रतिशतले बढेर ५६ करोड १६ लाख ७२ हजार कायम भएको छ । गत बर्ष पहिलो त्रैमासमा यस्तो आम्दानी ५० करोड ७३ लाख ५८ हजार रुपैयाँ थियो । 

    बैंकको खुद सञ्चालन आम्दानी तीन महिनामा ३.८९ प्रतिशतले बढेर ३९ करोड ८० लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत बर्ष ३८ करोड ३१ लाख ७९ हजार रुपैयाँ रहेको बैंकको यस्तो आम्दानी यस बर्ष सामान्य बढेको हो । 

    यता, सञ्चालन मुनाफा भने २.५५ प्रतिशतले घटेको छ । गत बर्ष पहिलो त्रैमासमा ९ करोड ५३ लाख ७८ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले यस बर्ष भने सो रकम ९ करोड ४२ लाख ८९ हजार रुपैयाँमा सीमित राखेको हो । 

    यसैगरी बैंकको कस्ट अफ फण्ड ५.८७ प्रतिशत छ भने बेस रेट ७.९६ प्रतिशत छ । त्यस्तै, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४ पैसा र नेटवर्थ प्रतिसेयर १६३ रुपैयाँ ४८ पैसा छ । 

    बैंकको खराब कर्जा ३९.८९ प्रतिशतले बढेको छ । गत बर्ष पहिलो त्रैमासमा ३.५१ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बढेर ४.९० प्रतिशत पुगेको हो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार