images
images

दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनाेजमा

दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनाेजमा

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनाेजमा

    दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मर्रस्यंट डी ल्यांगलाई चितवन राइनोजले अनुबन्ध गरेकाे छ। 

    १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय लयांगलाई मंसिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि चितवनले अनुबन्ध गरेकाे हाे ।

    ६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन्। उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन्। ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टरसायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ।

    त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन्। सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका थिए। उक्त डेब्यु खेलमै उनले सात विकेट लिएका थिए।

    उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ। सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई डेब्यु गरेका थिए। तेस्रो तथा खेलको अन्तिम ओभरमा उनले सात रन बचाउँदै दक्षिण अफ्रिकालाई शृंखला जिताएका थिए। सन् २०१७ देखि उनी ग्लेमोर्गनबाट काउन्टी क्रिकेट खेल्दै आएका छन्।

    ‘नेपाल प्रिमियर लिगमा चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउँदा र विश्वका सबैभन्दा जोसिलो फ्यानहरूको अगाडि खेल्न पाउँदा म रोमाञ्चित छु। सुन्दर सहर चितवन र हिमाली राष्ट्र नेपालको यो मेरो पहिलो भ्रमण हुनेछ,’ मर्रस्यंट डी ल्यांङले भनेका छन् ।

    चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राईनाेजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले अनुभवी बिदेशी बलर अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको बताए।

    ‘ल्यांङ ठूलो खेलाडी हुन्। उनलाई अनुबन्ध गर्न पाउँदा हामी उत्साहित छौं। उनी जस्तो कोही उपलब्ध छ भने छनोट गर्नु ठूलो कुरा होइन। उनको आगमन नेपाली क्रिकेट समर्थकलाई धेरै रोमाञ्चक अनुभव हुनेछ,’ उनले भनेका छन्

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार