काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा ११.७५ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष असोज मसान्तसम्म १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा भने १ अर्ब २८ करोड ६७ लाख ८७ हजार रुपैयाँ कमाएको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत, खुद फि कमिशन आम्दानी ७.८७ प्रतिशत र सञ्चालन मुनाफा ११.१५ प्रतिशतले बृद्धि भएसँगै बैंकको नाफा बढ्न सहयोग पुगेको हो ।
पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७३ करोड ९ लाख १९ हजार रुपैयाँ र प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५३ पैसा छ । गत आर्थिक बर्षको तुलनामा बैंकको प्रतिशेयर आम्दानी २ रु७९ पैसाले बढेको हो ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ छ भने जगेडा कोषमा १२ अर्ब ८२ करोड ६८ लाख ५५ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकले २ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गरेर १ खर्ब ८८ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको सिडी रेसियो ८५.३८ प्रतिशत रहेको छ भने बेस रेट ७.९२ प्रतिशत रहेको छ । गत बर्ष असोज मसान्तमा ६.६७ प्रतिशत खराब कर्जा रहेकोमा समीक्षा अवधिमा बढेर ४.८६ प्रतिशत पुगेको छ ।
यसैगरी, बैंकको पिई पिई रेसियो ११.२०, ब्याजदर स्प्रेड ३(९८ र र नेटवर्थ प्रतिशेयर १७६ रुपैयाँ २० पैसा रहेको छ ।