images
images

भिजि अटोमोबाईल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता, झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने

भिजि अटोमोबाईल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता, झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • भिजि अटोमोबाईल्स र एमएडब्लू हायर पर्चेजबीच सम्झौता, झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने

    काठमाडौँ / भजि अटोमोबाईल्स प्रा.लि.र एमएडब्लू हायर पर्चेजबीच सम्झौता भएको छ ।  

    images
    images
    images
    images

    नेपालको लागी सुजुकी दुई पाङ्गे (मोटरसाइकल तथा स्कुटर) को आधिकारिक वितरक भिजि अटोमोबाईल्सले एमएडब्लू हायर पर्चेजसँग ग्राहकहरूलाई सरल र सुलभ किस्ताबन्दिमा फाइनान्स सेवाहरू प्रदान गर्न साझेदारी गरेको हो । 

    एमएडब्लू हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भिजि सुजुकी दुई पाङ्ग्रे डिलर तथा आफ्ना आउटलेटहरू मार्फत सजिलो र झन्झटमुक्त फाइनान्स सेवाहरू प्रदान गर्ने भएको छ । 

    साथै यो साझेदारीले ग्राहकहरूलाई सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न सरल, सुलभ र किफायती तरिकाले फाइनान्स प्रदान गर्ने लक्ष्य लिएकोकुरा कम्पनीले बताएको छ ।

    यो सम्झौताको माध्यमबाट ग्राहकहरूले छिटो र छरितो सेवाको साथ २४ महिनासम्म को किस्ताबन्दिमा सुविधाजनक इएमआई विकल्पहरू मार्फत भुक्तानीको साथमा सहज र सर्वसुलभ रुपमा फाइनान्सिब सुविधाहरूको लाभ प्राप्त गर्न सक्दछन् । 

    “यो सम्झौताले नयाँ सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न ग्राहकहरुलाई बिना झन्झट, एकै ठाँउबाट सरल र सुलभ फाइनान्स सुविधा प्रदान गर्नेछ,“ भन्ने कुरा भि.जि अटोमोबाईल्स प्रा.लि.का महाप्रबन्धक धिरज भट्टराईले बताएका छन् ।

    कम्पनीले हाल बजारमा सुजुकी ब्राण्डका V-Strom, Gixxer, Hayate, Intruder, Avenis, Access, Burgman  आदि मोडलका मोटरसाइकल तथा स्कुटरहरु बिक्रि वितरण गर्दे आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार