images
images

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

सोमवार, असोज २८ २०८१
सोमवार, असोज २८ २०८१
  • जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
    images
    images

    काठमाडौँ / जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा  पनि फेरबदल भएको बताएका छन् । यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् । 


    जलवायुविद् मञ्जित ढकालले मनसुन ढिला गरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन् ।  हुनु जलवायु परिवर्तनको असरको रूपमा लिन सकिने प्रतिक्रिया दिए । यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उनको जोड दिन्छन् । 

    उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यान्वयन गर्न आवश्यक भएको बताए । “जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिन अपरिहार्य भएको छ,” ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने । 

    मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन् ।  जलवायु परिवर्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको बुझाई छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार