काठमाडौँ / मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
सोमबार बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ तोकिएको थियो भने मङ्गलबार घटेर १ लाख ६० हजार १ सय रुपैयाँ कायम भएको हो ।
यता, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ९ सय ४० रुपैयाँमा झरेको हो ।