काठमाडौँ / नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढी पहिरो पीडित परिवारहरूका लागि खाद्यान्न सहयोग गरेको छ । संघले बाढी पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागि खाद्य सामाग्री सहयोग गरेको हो ।
चामल ३६० बोरा, चिउरा १०० व्याग, मसुर दाल ४० व्याग र तोरीको तेल २० कार्टुन सहयोग स्वरूप उपलव्ध गराएको छ ।
उक्त सहयोग सामग्रीहरू उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधीमण्डलले मन्त्रालयमा हस्तान्तरण गरिएको हो ।
उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केही भए पनि राहत प्राप्त हुने विश्वास रहेको संघले जनाएको छ ।