काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो । शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ९ सय ८५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।