काठमाडौँ / प्राइम बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बाढी पीडितहरूको राहत सहयोगार्थ उक्त रकम सहयोग गरेको हो ।
असोज ११ र १२ गते देशभर भएको अविरल बर्षापछि आएको भीषण बाढी पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ ।
बैंकले बाढी पहिरोमा परी जनधन गुमाउने परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल राहत सहयोगार्थ उक्त रकम उपलब्ध गराएको बैंकका कम्पनी सचिव राज कुमार कार्कीले जानकारी दिए ।