काठमाडौँ / बुधबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै सुनको भाउ प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि भने सुन तोलामा १ लाख ६० हजार रुपैयाँ तोकिएको थियो ।
यता, चाँदीको भाउसमेत बढेर आज १ हजार ९ सय ३५ रुपैयाँ पुगेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।