images
images

बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति, कृषि तथा पशुपंक्षी बढी प्रभावित

बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति, कृषि तथा पशुपंक्षी बढी प्रभावित

ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ २ अर्ब र कृषि तथा पशुपंक्षीतर्फ ६ अर्बको क्षति

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • बाढी पहिरोबाट १७ अर्बभन्दा बढीको क्षति, कृषि तथा पशुपंक्षी बढी प्रभावित
    images
    images

    काठमाडौँ / भारी बर्षासँगै आएको आएको बाढी र पहिरोबाट देशभर १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् । 

    गत असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी, पहिरो र डुवानबाट २१ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा बढी क्षति भने काभ्रे, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा भएको छ । 

    मुख्य सचिव अर्यालका अनुसार बाढीपहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ ।

    त्यस्तै ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ २ अर्ब र कृषि तथा पशुपंक्षीतर्फ ६ अर्बको क्षति भएको उनले बताए । कृषि बालीमा भएको क्षतिको विवरण महिना दिनभित्र आउने  मुख्य सचिव अर्यालले जानकारी दिए । 

    खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ ।घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने उनले बताए । 

    उनका अनुसार बाढी, पहिरो र डुबानमा परी हालसम्म २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् भने १५८ जना घाइते भएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार