काठमाडौँ / के.एल.दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगड जैन समाज रत्न’ उपाधिबाट सम्मानित भएका छन् ।
भारत जैन महामण्डलले भारतको मुम्बईमा २२ सेप्टेम्बर २०२४ मा आयोजित विशेष समारोहमा दुगड उक्त उपाधिबाट सम्मानित भएका हुन् ।
उत्त सम्मान भारतको लोकसभाका ओम बिरलाले प्रदान गरेका हुन् । यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एक मात्र नेपाली व्यक्तित्व हुन् ।
कार्यक्रममा सभामुख, प्रधानन्यायाधीश धनन्जय चन्द्रचुडलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेष गरी जैन समुदाय भित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई दिइन्छ ।
सन् १८९९ मा स्थापना भएको भारत जैन महामण्डलले जैन समुदायलाई सामाजिक सेवाका लागि एकजुट गर्ने लक्ष्य राखेको छ ।