images
images

ब्रान्ड लजिकले ६ करोडमा लियो नेपाल प्रिमियर लिगको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’

ब्रान्ड लजिकले ६ करोडमा लियो नेपाल प्रिमियर लिगको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • ब्रान्ड लजिकले ६ करोडमा लियो नेपाल प्रिमियर लिगको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’
    images
    images

    काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ। 

    क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो।

    यस सम्झौतासँगै ब्रान्ड लजिकको सहकार्यमा नेपाल प्रिमियर लिगलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको छ। 

    कम्पनीले खेलको प्रचार(प्रसार व्यवस्थापन देखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ। सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।

    प्रसारणसँगै प्रायोजनको व्यवस्थापन

    अब ब्रान्ड लजिकले नेपाल प्रिमियर लिगका खेलहरूलाई देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ। साथै, विभिन्न प्रायोजन अवसरहरूलाई समन्वय गर्दै लिगको आर्थिक पक्षलाई थप मजबुत बनाउन काम गर्नेछ। 

    सम्झौतासँगै ब्रान्ड लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचार(प्रसारको जिम्मेवारी लिएको ब्रान्ड लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले जानकारी दिए। 

    उनले भने, “क्रिकेट मेरो सानैदेखिको प्रिय खेल हो। मैले बाल्यकालमा जसरी क्रिकेट खेल्न र हेर्न मन पराउँथे, आज त्यही खेलसँग हाम्रो कम्पनीलाई जोड्न पाउँदा उत्साहित छु। नेपाल प्रिमियर लिगलाई अझ राम्रो बनाउन र विश्वस्तरमा पुर्‍याउन सक्ने जिम्मेवारी पाउँदा मलाई गर्व लागेको छ।” 

    उनले थपे, “नेपाल प्रिमियर लिग केवल एउटा लिग होइन, यो नेपाली क्रिकेटको भविष्य हो। म आशा गर्छु कि नेपाली खेलप्रेमीहरूले यसलाई मन पराउनु हुनेछ, र हामी सबै मिलेर यो लिगलाई अझै उच्च स्थानमा पुर्‍याउनेछौँ ।” 

    रचनात्मक काम गर्दै आएको ब्रान्ड लजिकले आफ्नो सिर्जनात्मकता, नवीन सोच र उत्कृष्ट कार्यान्वयन क्षमताका कारण विज्ञापन तथा मार्केटिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार