काठमाडौँ / बाढीपहिरो र डुबानका कारण हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । केही दिनअघि भएको अविरल वर्षाका कारण बाढी पहिरो र डुबानमा परी १४३ जना घाइते भएका छन् ।
ह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको छ ।
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उनले जनाए ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल गरिरहेको उनको भनाइ छ ।