काठमाडौँ / गत साता प्रत्येक दिन रेकर्ड मूल्य कायम गरेको सुनको भाउ आइतबार भने प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ घटेको हो ।
शुक्रबार प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर १ लाख ६० हजार ६ सय रुपैयाँमा झरेको हो ।
यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ९ सय ४५ रुपैयाँ पर्नेछ ।