काठमाडौँ / देशभर भइरहको बर्षाले जनजीवन प्रभावित भएको छ । दशैँको मुखमा अत्याधिक बर्षा भएपछि काठमाडौँ उपत्यकाको दैनिकीसमेत प्रभावित बनेको देखिन्छ । सडकका गल्लीहरूमा पानी जमेपछि पैदलयात्रीहरू समस्यामा परेका छन् ।
बर्षाले दैनिक काममा जाने, साइकलमा सामान बोक्ने, फुटपाथमा ब्यापार गर्नेहरूको दिनचर्या प्रभावित बनेको छ । जल तथा मौसम पूर्वानुमान विभागले आइतबारसम्मा नै मौसम प्रभावित हुने जनाएको छ ।
दशैँको मुखमा बर्षा भएपछि काठमाडौँको प्रमुख बजार असन सुनसान बनेको छ । अत्यावश्यक काममा ओहोर दोहोर गर्नेहरू बाहेक बजारमा किनमेल गर्न आएको देखिदैन भने कतिपय सटरहरू बन्द अवस्थामा रहेका छन् ।