images
images

आगामी आइतबारसम्म देशभर बर्षाको हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

आगामी आइतबारसम्म देशभर बर्षाको हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • आगामी आइतबारसम्म देशभर बर्षाको हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ । 

    हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ। देशभरका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ।  

    शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम बर्षा र  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा र तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

    शनिबार पनि देशभर बदली हुनेछ । बागमती, गण्डकी, लुम्बिनी  प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित बर्षा हुनेछ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । 

    आइतबार पनि देशभर बदली रहने बताइएको छ । बागमती, गण्डकी, लुम्बिनी  प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित  बर्षा हुने र गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हावाहुरी र भारी वर्षाको सम्भावना रहेको छ । 

    भारी र अत्याधिक भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको  जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार