काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत छ ।
चालू आवको पहिलो महिनामै आयात ०६ र निर्यात ९.६ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्क छ । यसैगरी रेमिट्यान्स १८ प्रतिशतले बढ्दा विस्तृत मुद्राप्रदाय भने ०.७ प्रतिशतले घटेको छ ।
यसैगरी, शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
पहिलो महिनामा सरकारको खर्च ० अर्ब २१ करोड रुपैयाँ र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन भने घटेको छ । साउन महिनामा निक्षेप सङ्कलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।