images
images

सिटी वालेटद्वारा चाडपर्वको अवसरमा आकर्षक क्यासब्याक घोषणा, प्रतिरिमिट भुक्तानीमा ७ सयसम्म क्यासब्याक

सिटी वालेटद्वारा चाडपर्वको अवसरमा आकर्षक क्यासब्याक घोषणा, प्रतिरिमिट भुक्तानीमा ७ सयसम्म क्यासब्याक

बुधवार, असोज ९ २०८१
बुधवार, असोज ९ २०८१
  • सिटी वालेटद्वारा चाडपर्वको अवसरमा आकर्षक क्यासब्याक घोषणा, प्रतिरिमिट भुक्तानीमा ७ सयसम्म क्यासब्याक

    काठमाडौँ / सिटी वालेट प्रालिले दशैँ, तिहार र छठ पर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ ।

    images
    images
    images
    images

    नेपालको सबैभन्दा कान्छो वालेट कम्पनीको रूपमा स्थापित सिटी वालेटले ग्राहकले आफैँ रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो ।

    पाँच हजार रुपैयाँभन्दा बढी रकमको रेमिट्यान्स सिटीपे वालेटमार्फत प्राप्त गर्दा सिटीपे प्रोमो कोड प्रयोग गरी दुई सय रुपैयाँ रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटेन्स भूक्तानीमा पहिलो १८ जना ग्राहकहरूलाई ५ सय रुपैयाँ बराबरको वोनस गरी कुल ७ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

    विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधैँ वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्नेछन । 

    साथै, दशैँ तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गर्ने भएको छ । 

    आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दा FLIGHT200 प्रोमोकोड प्रयोग गरी ३ सय रुपैयाँभन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

    सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख व्यवसायिक अधिकृत प्रकाश चालिसेले भने “यी आकर्षक अफरहरू चाडबाडको समयमा हाम्रो ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण हो । दशैँ, तिहार र छठको समयमा हाम्रो ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौँ । हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुशी र सुविधासहित मनाउने सहयोग गर्नु हो ।”

    यस अफरको फाईदा लिन सिटीपे https://onelink.to/6c5dbt मा गई, आफ्नो सिटीपे वालेट दर्ता गरी रेमिट भूक्तानी प्रक्रिया पूरा गर्न सकिन्छ । 

    सिटीपे वालेट मार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर, कुमारी रेमिट, नविल रेमिट, सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिटलगायतका रेमिट भुक्तानी गर्न सकिन्छ । यो योजना सीमित अवधिका लागि रहनेछ ।   

    सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा प्रवर्द्धित सिटी वालेट स्थापनाको निकै छोटो समयमा ग्राहक माझ लोकपिय्र डिजिटल वालेटको रूपमा स्थापित ब्राण्ड रहेको छ । 

    विशेषतः रेमिटेन्सको कार्यक्षत्रमा जोड दिई लाखौँ ग्राहकलाई डिजिटल भुक्तानी सेवा लिनको लागि अत्यन्तै सहयोगी साबित भैसकेको छ। 

    सिटीपे वालेटबाट आफ्नो घरैमा बसि वालेटमै रेमिटेन्स प्राप्त गर्न, सरकारी तथा अन्य बिल भुक्तानी, मोबाइल टपअप, बैंक ट्रान्सफर, वालेट ट्रान्सफर, फ्लाइट बुकिङ, क्युआर पेमेन्ट जस्ता कार्य गर्न सकिन्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार