काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज मङ्गलबार अमेरिकी डलरको भाउ घटेको छ । सोमबार अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ४१ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ ०१ पैसा तोकिएको अमेरिकी डलरको भाउ आज घटेर खरिदमा १३३ रुपैयाँ ३९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ९९ पैसा पुगेको हो ।
यसैगरी, युरोपियन युरो एकको खरिदमा १४८ रुपैयाँ ३५ पैसा र बिक्रीमा १४९ रुपैयाँ ०२ पैसामा झरेको छ । यसअघि एक युरोको खरिद मूल्य १४८ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५९ पैसा तोकिएको थियो ।
त्यस्तै, अष्ट्रेलियन डलरको भाउ भने बढेको छ । यसअघि एक अष्ट्रेलियन डलरको खरिद मूल्य ९० रुपैयाँ ८१ पैसा र बिक्रीमा ९१ रुपैयाँ २१ पैसा रहेकोमा आज बढेर खरिदमा ९१ रुपैयाँ ०९ पैसा र बिक्रीमा ९१ रुपैयाँ ५० पैसा पुगेको छ ।
आज क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९० पैसा तोकिएको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६० पैसा र बिक्रीमा ३६ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्