images
images

महालक्ष्मी साहित्य पुरस्कार २०८० साहित्यकार मुना अर्याललाई प्रदान

महालक्ष्मी साहित्य पुरस्कार २०८० साहित्यकार मुना अर्याललाई प्रदान

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • महालक्ष्मी साहित्य पुरस्कार २०८० साहित्यकार मुना अर्याललाई प्रदान

    काठमाडौँ / २१ औँ संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार महाकाब्यकार मुना अर्याललाई शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच प्रदान गरिएको छ ।

    images
    images

    वि.स. २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभुमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।

    तत्कालिन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पु¥याउने साहित्यकारहरूलाई सम्मान गर्ने उद्देश्यका साथै सो पुरस्कार प्रदान गरिँदै आएको बैंकले जनाएको छ । 

    मातृभुमी साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमा बैंकका बागमती प्रदेश ‘ख’का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संयुक्त रूपमा प्रदान गरेका हुन् । 

    यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ । 

    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार