images
images

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न, देशभरका ४२ डिलरका प्रतिनिधिको सहभागिता

भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न, देशभरका ४२ डिलरका प्रतिनिधिको सहभागिता

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • भिडोल लुब्रिकेन्टको डिलर मिट सम्पन्न, देशभरका ४२ डिलरका प्रतिनिधिको सहभागिता

    काठमाडौँ / भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक तथा उत्पादक युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले डिलर मिट सम्पन्न गरेको छ । 

    images
    images

    सोमबार धनुषाको ढल्केबरमा आयोजित उक्त डिलर मिटमा देशभरका ४२ डिलरको सहभागिता थियो ।

    सो अवसरमा भिडोल इन्टरनेशनल लिमिटेड यूकेका डाइरेक्टर अरिजित वासुले नेपाली बजारमा भिडोलको उपस्थिति उत्साहप्रद रहेको उल्लेख गर्दै कम्पनीको अवको रणनीति र विश्व बजारमा भिडोललाई अझै उल्लेख्य रुपमा पुर्याउने लक्ष्य रहेको बताए ।  

    त्यसैगरी, कम्पनीका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले भिडोललाई नेपाली ग्राहकमा पुरयाउन डिलरहरुको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै आगामी दिनमा समेत सदैव सहकार्य हुने अपेक्षा गरेको बताए ।

    यसैगरी, कम्पनीका डेपुटी जनरल म्यानेजर दिनेश खनालले कम्पनीका विभिन्न उत्पादन र भविष्यको योजना बाररेमा प्रकाश पारेका थिए ।सो अवसरमा भिडोल इन्टरनेशनल लिमिटेड यूकेको तर्फबाट भिडोल लुब्रिकेन्टको नेपालका लागि फ्रेन्चाइजी युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजलाई हस्तान्तरण गरिएको थियो ।

    सो अवसरमा भिडोल लुब्रिकेन्टमा विगत नौ वर्षदेखि कार्यरत रहेकोमा जनरल म्यानेजर दिनेश खनाललाई ‘टोकन अफ एप्रिसिएशन’ र सबै डिलर प्रतिनिधिहरुलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो ।

    अब नेपालमै भिडोल लुब्रिकेन्टको उत्पादन शुरु भएको छ । विश्वका १२ देशमा भिडोलको ब्रान्ड लाइसेन्सी उपलब्ध भएको र यो लाइसेन्स प्राप्त गर्ने नेपाल १२औं देश बनेको छ । ती देशका १८ स्थानमा भिडोल लुब्रिकेन्ट ब्लेन्डिङ हुने गर्छ र ७५ भन्दा बढी देशमा यसको उपस्थिति छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार