images
images

स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा डा अजित रायमाझी नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा डा अजित रायमाझी नियुक्त

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा डा अजित रायमाझी नियुक्त

    काठमाडौँ / मन्त्रिपरिषद बैठकले स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा डा. अजित रायमाझी नियुक्त भएका छन् । 

    images
    images

    बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा परिषदको उपाध्यक्षमा वरिष्ठ बाल रोग विशेषज्ञ डा रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

    डा रायमाझी यसअघि कान्ति अस्पतालका दुई पटक निर्देशक भएका थिए। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन्।

    न्याम्सका संस्थागत समीक्षा बोर्ड (आइआरबी)का समेत अध्यक्ष रहेका रायमाझी शैक्षिक परिषदका सदस्यसमेत छन्।

    एमबीबीएस अल इण्डिया इन्स्ट्च्यिुट नयाँ दिल्लीबाट गरेका रायमाझीले बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी तथा बेलायतको लिभरपुल युनिभर्सिटीबाट पिएचडी गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार