images
images

पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर

पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर गरेको छ । 

    images
    images

    आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याब टेक्निसियन दिपेन्द्र यादवले नक्कली प्रमाण पत्र प्रयोग गरेर बढुवा लिएको आरोपमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले यादवले बढुवा प्रयोजनका लागि पेश गरेको बीएमएलटी तहको शैक्षिक योग्यताका प्रमाणपत्र भारतको मगध विश्वविद्यालय, बोधगयाबाट जारी भएको प्रमाणपत्रहरू नक्कली भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको उल्लेख गरेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार