images
images

पलेशालाई काठमाडौँ जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान

पलेशालाई काठमाडौँ जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • पलेशालाई काठमाडौँ जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान

    काठमाडौँ / काठमाडौँ जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

    images
    images

    पलेशालाई १ लाख ३८ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौँ जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । 

    प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । 

    व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसा पत्रबाट सम्मानित भए । पलेशाका पिता प्रदिपलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्टिच्युतमा भएको कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

    सोही अवसरमा सिद्धार्थ बनस्थली इन्टिच्युतले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । प्रिन्सिपल बन्सीले पलेशालाई ५० हजार नगदसहित सम्मान गरे ।

    बुधबारै काठमाडौँ महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान ग¥यो । वडा अध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे ।

    ‘आठौं संस्करणको कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ असोज १२ गते हुने

    हिन्दुहरुको महान चाड वडादशैंको घटस्थापना भन्दा अघिल्लो शनिबार आयोजना हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को आठौं संस्करण यही असोज १२ गते शनिबार हुने भएको छ ।

    उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गर्दै आएको सो दौड आठौं संस्करणमा पुगेपछि स्थानीय कागेश्वरी नगरपालिकाले नगरस्तरीय दौडको रुपमा स्थापित गराउन आधा स्वामित्व लिएपछि यसपालिको दौडको नाम परिवर्तन भएर ‘कागेश्वरी मनोहरा उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ नामाकरण भएको छ ।

    उज्ज्वल तारा स्कुल परिसर, सनसिटी, काँडाघारीबाट शुरु भई सोही स्थानमा समापन हुने सो दौड विगत ७ वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आएको छ ।

    ५ किलोमिटर दुरीको दौडको तयारीबारे जानकारी दिँदै आयोजक उज्ज्वल तारा स्कुलका संस्थापक सल्लाहकार एवम् दौडका संयोजक नेपाली सेनाका महासेनानी बिष्णु कार्कीले उज्ज्वल तारा स्कुलले शुरु गरेको यो दौडलाई नगर, जिल्ला, प्रदेश हुँदै देशव्यापी बनाउने स्कुलको लक्ष्यलाई कागेश्वरी मनोहरा नगरपालिकाले शुरुवात् गरेको बताए ।

    गतवर्षसम्म ७ वटा विधा रहेको प्रतियोगितामा यसपालि विद्यालयका ८ र ९ कक्षाका विद्यार्थीहरु समेतले भाग लिन पाउने गरि यसपटक ९ वटा विधा बनाइएको पनि महासेनानी कार्कीले बताए ।

    उनका अनुसार प्रतियोगितामा ८ र ९ कक्षाको छात्र÷छात्रा विधा, खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुषतर्फ गरि दुई विधा, अभिभावकतर्फ पुरुष र महिलाको गरि दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिलातर्फ २ विधा गरि ९ वटा विधा रहने छ ।

    दौडका विजेताहरुलाई विधा अनुसार नगद, ट्रफी, पदक र प्रमाणपत्रको साथै पोखरा, नगरकोट र चितवनका तारे होटेलहरुमा एक रात खानेबस्ने सुविधा सहितको उपहार रहेको महासेनानी कार्कीले बताए ।

    उनका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी संकलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा।भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटुरोग अस्पताल’लाई हस्तान्तरण गरिनेछ ।

    विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीको अध्यक्षतामा भएको दौडको तयारी बारेको छलफलमा खेलाडी, स्थानीय वडाका जनप्रतिनिधि,नेपाली सेना, ट्राफिक प्रहरी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा पत्रकारहरुको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार