images
images

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ / शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरी उपर शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा सोमबार आरोप पत्र दायर गरेको हो ।

    चौधरीले नक्कली प्रमाण-पत्र पेस गरी नियुक्ति लिएकोले निजको शैक्षिक योग्यताको प्रमाण-पत्र छानबिन गर्न दिएको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनले झुट्टा प्रमाण-पत्र पेस गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानि नोक्सानी पुर्‍याउने गरी केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाण-पत्र झुट्टा भएको प्रमाणित भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    उनका अनुसार चौधरीलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित गरेको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरिएको छ।

    newsdn.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार