images
images

दसैँ-तिहारमा वायुसेवा निगमका कर्मचारीलाई अनावश्यक बिदा बस्न रोक, ६० दिने कार्ययोजना पेस गर्न निर्देशन

दसैँ-तिहारमा वायुसेवा निगमका कर्मचारीलाई अनावश्यक बिदा बस्न रोक, ६० दिने कार्ययोजना पेस गर्न निर्देशन

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • दसैँ-तिहारमा वायुसेवा निगमका कर्मचारीलाई अनावश्यक बिदा बस्न रोक, ६० दिने कार्ययोजना पेस गर्न निर्देशन

    काठमाडौँ / नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आगामी दसैँ, तिहार र छठ पर्वमा  नेपाल वायुसेवा निगमका जहाजहरूमार्फत नियमित उडानहरू सुचारु राख्न कार्ययोजना पेस गर्न निर्देशन दिएका छन् । 

    images
    images

    यसका लागि २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेस गर्न भनिएको छ ।

    अधिकारीले निगमका नायव महाप्रबन्धक(प्रा.), इन्जिनियरिङ मेन्टेनेन्स विभाग, कन्टिन्युइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटी एस्योरेन्स विभाग र बजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरूलाई मंगलबार बोलाएर सो निर्देशन दिएका हुन् । 

    यसै गरी अत्यावश्यक र अत्यन्त जरुरी बाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोही नजान र मातहत कर्मचारीहरूलाई समेत नपठाउन प्रस्ट निर्देशन दिइएको छ ।   

    साथै, उक्त अवधिमा निगमका सबै विभागका इन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरूलाई कार्यालयको काममा वाधा पर्ने गरी बिदा नदिनसमेत निर्देशन अधिकारीले निर्देशन दिएका छन् ।

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार