images
images

कृषि उपज उत्पादन र बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना छ : मन्त्री अधिकारी

कृषि उपज उत्पादन र बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना छ : मन्त्री अधिकारी

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • कृषि उपज उत्पादन र बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना छ : मन्त्री अधिकारी

    काठमाडौँ / कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि उपजको उत्पादनसँगै बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना रहेको बताएका छन् । 

    images
    images

    बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । 

    आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको बक्यौता भुक्तानीका लागि पहल गरेको मन्त्री अधिकारीको दावी छ । 

    किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको र यस्तो नभएसम्म राज्यले लिएका लक्ष्य पूरा हुन नसक्ने उनको भनाइ छ ।

    त्यस्तै, तरकारीमा विषादीको प्रयोग बढ्दै गएकामा मन्त्री अधिकारीले चिन्ता व्यक्त गरे । विषादी न्यूनीकरण गर्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि सहयोग गर्न किसानलाई आग्रह पनि गरे । 

    साथै, किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्न बल्खुको जस्तो कृषि बजारको आवश्यकता रहेको मन्त्री अधिकारीले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार