images
images

प्रभु महालक्ष्मी लाइफको बार्षिक साधारण सभा असोज २३ गते, लाभांशसहित यी पारित पारित गरिने

प्रभु महालक्ष्मी लाइफको बार्षिक साधारण सभा असोज २३ गते, लाभांशसहित यी पारित पारित गरिने

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • प्रभु महालक्ष्मी लाइफको बार्षिक साधारण सभा असोज २३ गते, लाभांशसहित यी पारित पारित गरिने

    काठमाडौँ / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश पारितका लागि सातौं वार्षिक साधारण सभा बोलाएको छ । 

    images
    images

    कम्पनीले असोज २३ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

    सभाले आव २०७९/८० सम्मको सञ्चिति मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    यसका साथै सभाले हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम चुक्तापूँजीको ७ प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । 

    यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार