images
images

भदौमा ‍पनि उठेन लक्ष्यअनुसार राजस्व, पुँजीगत खर्चमा भने सुधार,  यस्तो छ दुई महिनाको विवरण

भदौमा ‍पनि उठेन लक्ष्यअनुसार राजस्व, पुँजीगत खर्चमा भने सुधार,  यस्तो छ दुई महिनाको विवरण

महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कअनुसार सरकरले दुई महिनाको अवधिमा १ खर्ब ६९ अर्ब रुपैयाँ आम्दानी गर्दा १ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको छ ।

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • भदौमा ‍पनि उठेन लक्ष्यअनुसार राजस्व, पुँजीगत खर्चमा भने सुधार,  यस्तो छ दुई महिनाको विवरण

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८१ को साउन र भदौ महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ । 

    images
    images

    महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकरले चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गर्दा १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको छ । 

    भदौ मसान्तसम्म सरकारले एक खर्ब ६६ अर्ब ३८ करोड रूपैयाँको राजस्व संकलन गरेको छ। यो कुल वार्षिक लक्ष्यको ११.७२ प्रतिशत हो । जसमध्ये २१ अर्ब १९ करोड गैरकर राजस्व हो भने एक खर्ब ४५ अर्ब १९ करोड कर राजस्व हो। 

    गत वर्ष यसै समयमा एक खर्ब ४१ अर्ब रूपैयाँ मात्रै राजस्व संकलन भएको थियो। चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । 

    त्यस्तै, दुई महिनाको अवधिमा सरकारलाई वैदेशिक अनुदान भने प्राप्त भएको छैन । यो वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य सरकारको छ । 

    प्रदेश तथा स्थानीय तहले खर्च नगरेर फिर्ता गरेको अनुदान तथा बेरूजु असुलीबाट प्राप्त हुने रकम (अन्य प्राप्ती) ३ अर्ब १३ करोड रूपैयाँ संकलन भएको छ। गत वर्ष भने यस्तो रकम १३ अर्ब १५ करोड संकलन भएको थियो।

    दुई महिनामा गरिएको कुल खर्चमध्ये ८२ अर्ब ९८ करोड रुपैयाँ चालु तथा प्रशासनिक शीर्षकमा खर्च भएको छ ।गत वर्ष यसै अवधिको यस्तो खर्च ८७ अर्ब ६६ करोड थियो । गत वर्षको भन्दा चालु खर्च पाँच अर्ब कम भएको छ।

    यस्तै, गत बर्षको तुलनामा पुँजीगत खर्च भने बढेको छ। गत वर्षको दुई महिनाको अवधिमा ८ अर्ब रूपैयाँ मात्रै पुँजीगत खर्च भएको थियो । चालु आवको दुई महिनामा भने सरकारको यस्तो खर्च बढेर १४ अर्ब ८९ करोड रूपैयाँ पुगेको छ । 

    त्यसैगरी, सार्वजनिक ऋणको सावा फिर्ता तथा सार्वजनिक संस्थानमा ऋण लगानीको रूपमा गरिने वित्तीय व्यवस्थापन खर्च पनि बढेको छ। चालू वर्षको दुई महिनामा यस्तो खर्च ३९ अर्ब ६७ करोड रूपैयाँ भएको छ। गत वर्ष भने ३५ अर्ब ३१ करोड यस्तो खर्च भएको थियो।

    1.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार