images
images

इलामको उपनिर्वाचनले पाठ सिकाएको भन्दौ रविले भने– टाउको लुकाउनु पर्ने कारण छैन

इलामको उपनिर्वाचनले पाठ सिकाएको भन्दौ रविले भने– टाउको लुकाउनु पर्ने कारण छैन

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • इलामको उपनिर्वाचनले पाठ सिकाएको भन्दौ रविले भने– टाउको लुकाउनु पर्ने कारण छैन

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलामको उपनिर्वाचनले पाठ सिकाएको बताएका छन् ।

    images
    images

    काठमाडौँमा आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले इलाममा रास्वपालाई खुच्चिङ भएको सुनाए ।

    ‘‘इलाममा जे भयो त्यसका लागि सबैभन्दा धेरै ठूलो खुच्चिङ मलाई । बाँकी खुच्चिङ तपाईंहरूलाई । खुच्चिङ भयो हाम्लाई,’ उनले अघि भने, ‘घण्टी बजाएपछि त स्योर जितिन्छ भन्ने लाग्या थ्यो हाम्लाई हैन । हाम्रो खुट्टा भुईंमा थ्यो र ? थिएन नि ! खुच्चिङ हाम्लाई । इलाममा भएको यही हो ।’

    उनले इलामको उपनिर्वाचनबारे यत्ति आत्मसमीक्षा गर्दा कसैले पिर मान्न नपर्ने बताए । उनले हारेको कुरा स्वीकार गर्नुपर्ने बताए ।

    रणनीति नबनाएर चुनावी दौडमामात्रै लागेकोले पराजित भएको उनले बताए । उनले संगठन मजबुद बनाउन नसक्नु र एक–अर्काको अस्तित्वलाई विचार गर्न नसक्नु पनि हारको कारण भएको बताए ।

    तर, पराजित हुँदैमा निराश हुनुपर्ने, टाउको लुकाउनु पर्ने केही कारण नभएको उनको भनाइ छ । उनले भने, ‘अघिल्लो चुनावमा करिब १३ सय मत ल्याएका थियौं । यसपटक ५ हजार प्लस मत ल्याएका छौं । चारगुणा बढी मत ल्याउँदा टाउको झुकाउने होइन साथी हो । धेरै चिन्ता गर्नपर्ने आवश्यकता छैन । पाठ सिकेर अगाडि बढ्ने हो ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार