images
images

एनआइसी एशिया बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलमा ३५ प्रतिशतसम्म छुट पाउने

एनआइसी एशिया बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलमा ३५ प्रतिशतसम्म छुट पाउने

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • एनआइसी एशिया बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलमा ३५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / एनआइसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटल अन्तर्गतका विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । 

    images
    images

    नजिकिदै गरेका दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिसा डेबिट कार्ड तथा भिसा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकलाई बैंकले उक्त सुविधा उपलब्ध गराएको हो ।

    उक्त छुट प्रदान गर्ने विषयमा एन आई सी एशिया बैंक लेमन ट्री प्रिमियर होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

    यस समझदारी अनुसार भिसा डेबिट कार्ड, भिसा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाई, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने स्पा सेवामा भिसा डेबिट कार्ड र मास्टर कार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिसा केडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्नुहुनेछ । 

    साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिसा केडिट कार्ड तथा मास्टर कार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्नुहुनेछ ।

    उक्त छुट अफर २०२४ नोभेम्बर ३० अर्थात २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुनेछ । ‘रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्ने छ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने छ । यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार