images
images

अमेरिका भ्रमणमा जानुअघि संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै के भने ? (पूर्णपाठसहित)

अमेरिका भ्रमणमा जानुअघि संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै के भने ? (पूर्णपाठसहित)

उनले राष्ट्रसंघको वडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जनाए ।

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • अमेरिका भ्रमणमा जानुअघि संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै के भने ? (पूर्णपाठसहित)

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । 

    images
    images

    महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधि सभालाई जानकारी गराउँदै उनले राष्ट्रसंघको वडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जनाए । 

    नेपालको शिर निहुरिने कुनै काम गर्दिन

    प्रधानमन्त्री ओलीले नेपालको शिर ढल्नेगरी र इज्जत तल झर्नेगरी कुनै काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।

    ‘नेपालको शीर ढल्नेगरी, नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्नेगरी काम गर्दिन’ प्रधानमन्त्री ओलीले भने । 

    उनले आफूहरूले गर्ने राजनीति देश र जनताका लागि भएको भन्दै भोलिका लागि केही नगर्ने हो भने धर्ती बाँझो हुने बताए । साथै, अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरुबारे संसदलाई जानकारी गराउने उनले बताए ।

    ‘नेपालका नीति दृष्टिकोण, अडान समस्या र उपलब्धिहरूबारे विश्वलाई जानकारी गराउँछौँ’

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभामा नेपालका आफ्ना नीति दृष्टिकोण, अडान समस्या र उपलब्धिहरूबारे विश्वलाई जानकारी गराउने बताएका छन् । 

    उनले त्यहाँ नेपाल सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र देश भएको भन्दै सोही कुराको जानकारी गराउने पनि बताए ।

    ‘राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालको प्रतिबद्धता, असल छिमेकीको रूपमा छिमेक सम्बन्ध राख्न चाहन्छ । छुद्र र अहित होइन । र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ’, ओलीले भने, ‘संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्न आन्दोलनका सिद्दानतहरु र आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र स्वतन्त्र नीतिमा हस्तक्षेप नगर्ने नेपालको स्थापित नीति संयुक्त राष्ट्रसंघमा राख्नेछौ ।’ 

    हेर्नुस् पूर्णपाठ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार