images
images

५७ अंकले घटेको बजारमा ७ अर्ब ३६ करोड बढीको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

५७ अंकले घटेको बजारमा ७ अर्ब ३६ करोड बढीको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • ५७ अंकले घटेको बजारमा ७ अर्ब ३६ करोड बढीको कारोबार, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

    काठमाडौँ / सोमबार सेयर बजार परिसूचक (नेप्से) मा ५७ अंकको गिरावट आएको छ । 

    images
    images

    अघिल्लो कारोबारको दिन अर्थात आइतबार भने नेप्से परिसूचक १.८८ प्रतिशत अर्थात् ५०.७३ अंक घटेर २ हजार ६३७.७९ अंकमा बन्द भएको थियो । 

    आज २ हजार ६३६ बिन्दुबाट सुरु भएको बजार परिसूचक २ हजार ५८० बिन्दुमा ओर्लिएर कारोबार रोकिएको छ । यसअघि गएको साउन १० गते परिसूचक २ हजार ५६८ बिन्दुमा थियो । त्यसपछि बजार उक्लिएर साउन ३१ गते ३  हजार बिन्दुसम्म पुगेको थियो । ३  हजार  पुगेसँगै बजारमा करेक्सन देखिन थालेको हो । 

    सोमबार कुल ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार भने दिनभरिमा ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार कित्ता १ लाख १९ हजार पटक खरिदबिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । 

    आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले कमाए सार्वधिक

    आज आत्मनिर्भर लघुवित्त, हिमालयन हाइड्रो पावर लिमिटेड र जउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । 

    गुडविल फाइनान्सका लगानीकर्ताले गुमाए सार्वधिक

    त्यस्तै गुडविल फाइनान्स, थ्रिस्टार हाइड्रोपावर, नेपाल फाइनान्स लिमिटेड लगायत कम्पनीको मूल्य भने सबैभन्दा धेरै घटेको छ । 

    सीएचडीसी सबैभन्दा धेरै शेयर कारोबार

    आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    यस्तै, सानिमा रिलायन्स लाइफको २७ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। नेपाल फाइनान्सको २० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार