images
images

मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

    काठमाडौँ / निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते उपनिर्वाचन तोक्न सरकारलाई सिफारिस गरेको छ । 

    images
    images

    आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएका हुन् ।

    स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको  बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।

    भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    आयोग पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार