images
images

अर्थतन्त्रको संरचना र चरित्र फरक छ, निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रैसुधार हुन्छ : अध्यक्ष ढकाल

अर्थतन्त्रको संरचना र चरित्र फरक छ, निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रैसुधार हुन्छ : अध्यक्ष ढकाल

शनिवार, भदौ २९ २०८१
शनिवार, भदौ २९ २०८१
  • अर्थतन्त्रको संरचना र चरित्र फरक छ, निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रैसुधार हुन्छ : अध्यक्ष ढकाल

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । 

    images
    images

    अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसँगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरे । 

    “नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ,” उनले भने, “सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाई हुन्छ ।”

    ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको कुरा पनि बताए । 

    उनले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको कुरा बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने बताए । 

    ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गरे । 

    Chandara dhakal.JPG

    ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संसोधन भएको र द्विपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराए । 

    यसैगरी, उच्च विदेशी विनिमय संचिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।  

    भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताए । निजी क्षेत्रलाई महत्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेको पनि उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार