images
images

भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • भेनस हस्पिटलमा प्रभु बैंकका ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ / प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौँ–११, मध्यबानेश्वरमा स्थित भेनस हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    images
    images

    एक समारोहका बिच भेनस हस्पिटल प्रा.लि. का तर्फबाट जनरल म्यानेजर मनीषा ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । 

    सो समारोह मा प्रभु बैंक लिमिटेड,बानेश्वर शाखा प्रमुख रचिता विष्ट र भेनस हस्पिटलकी प्रशासन प्रमुख मनीषा न्योैपाने समेतको उपस्थित रहेको थियो ।

    सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले भेनस हस्पिटलमा उपचार सेवा लिँदा फार्मेसी, हेल्थ प्याकेज, डाईग्नोष्टिक, अन्र्तगतका सेवाहरुमा ७ प्रतिशत देखी १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तानी गर्न सक्नेछन् । साथै भेनस हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग, रेडियोलोजी, प्याथोलोजी लगायत का सेवा समेत प्रदान गर्दे आईरहेको छ ।

    भेनस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । 

    स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि भेनस हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार