images
images

लयमा फर्कियो शेयर बजार : २२९ कम्पनीले कमाउदा परिसूचक ७८.१७ अङ्कले बढ्यो, कसले कति कमाए ?

लयमा फर्कियो शेयर बजार : २२९ कम्पनीले कमाउदा परिसूचक ७८.१७ अङ्कले बढ्यो, कसले कति कमाए ?

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • लयमा फर्कियो शेयर बजार : २२९ कम्पनीले कमाउदा परिसूचक ७८.१७ अङ्कले बढ्यो, कसले कति कमाए ?

    काठमाडौँ / गत बुधबारदेखि लगातार घटेको शेयर बजार आज साताको अन्तिम कारोबारको दिन भने बढेको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार साताको कारोबारको अन्तिम दिन बिहीबार परिसूचक ७८.१७ अङ्क अर्थात् २.९९ प्रतिशतले बढेर २६८८.३८ बिन्दुमा पुगेको हो । 

    भदौ १७ गते सोमबार १२७.३२ अङ्क र १८ गते मंगलबार ६.९४ अङ्कले बढेर २८३० बिन्दुमा बन्द भएको नेप्सेमा त्यसयता लगातार गिरावट आएको थियो । 

    भदौ १८ मा २८३०.२० बिन्दुमा रहेको नेप्से ६ कारोबार दिनमा २१९.९९ अंकले घटेर अघिल्लो कारोबार दिन बुधबार २६१०.२१ बिन्दुमा खुम्चिएको थियो । उक्त ६ कारोबार दिनको लगातार गिरावट पछि आज बिहीबार भने नेप्सेमा उच्च सुधार देखिएको हो । 

    बिहीबार परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्सेमा कुल ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

    यस्तै, मंगलबार ६ अर्ब ८८ करोड र सोमबार ९ अर्ब ४ करोड र आइतबार १० अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

    आज कारोबारमा आएकामध्ये २२९ कम्पनीको सेयर मुल्य बढ्दा १२ कम्पनीको घटेको छ । यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ । 

    बिहिबार १२ उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको २.६६ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, फाइनान्स समूहको ३.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.५० प्रतिशतसहित १२ उपसूचकमा सुधार देखिएको हो ।

    ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट 

    आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त, ग्रिन भेन्चर्स, उपकार लघुवित्त, इन्र्टन हाइड्रोपावर, रावा इनर्जि र एशियन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

    आज विन नेपाल लघुवित्त, ग्रिन भेन्चर्स, उपकार लघुवित्त, इन्र्टन हाइड्रोपावर, रावा इनर्जिको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, एशियन हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशत, सिन्गटी हाइड्राको शेयर मूल्य ९.९६ प्रतिशत र इर्मजिङ नेपालको शेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । 

    थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाए सार्वधिक

    थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३९ रूपैयाँ ५० पैसामा झरेको छ। सानिमा लार्ज क्याप फण्डको मूल्य ८.४९ प्रतिशतले घटेको छ। उक्त योजनाको प्रतिकित्ता मूल्य नौ रूपैयाँ ७० पैसा कायम भएको छ।

    सिइडिबी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार 

    बिहीबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार २४० रूपैयाँमा ४७ करोड ६५ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.६२ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ८३४ रूपैयाँमा २४ करोड ४८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार