images
images

इटलीमा सी–चेक गरेर काठमाडौँ फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी

इटलीमा सी–चेक गरेर काठमाडौँ फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • इटलीमा सी–चेक गरेर काठमाडौँ फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी

    काठमाडौँ / नेपाल एयरलाइन्सको वाइडबडी विमान सी-चेक (प्राविधिक जाँच) गरेर नेपाल फर्किएको छ । अढाई महिनाअघि सी–चेकका लागि इटली गएको वाइडबडी विमान आज काठमाडौँ आइपुगेको हो । 

    images
    images

    असार ८ गते इटली गएको ए ३३० नाइन एन एएलवाई कलसाइन भएको जहाज सम्पूर्ण प्राविधिक जाँच गरी काठमाडौँ फर्किएको नेपाल एयरलाइन्सले जनाएको छ । 

    निगमको अर्को वाइडबडी विमान भने सी–चेकका लागि अझै इटलीमै छ। उक्त जहाजलाई एक महिनापछि काठमाडौँ ल्याइने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। 

    सी–चेकपछि फर्किएको एक वाइडबडीसँगै नेपाल वायुसेवा निगमसँग थप दुई न्यारोबडी जहाज उडानका लागि योग्य छन् । निगमसँग अन्तर्राष्ट्रिय गन्तव्यका लागि चार जहाज छन् । 

    सी–चेक गरेर एउटा वाइडबडी आएपछि निगमले जापान उडानलाई पुनः निरन्तरता दिने भएको छ । दुई वाइडबडी सी–चेकका लागि गएपछि भदौ १३ देखि जापानको उडान हुन सकेको छैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार