images
images

बैंकिङ प्रणालीको ४० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीको ४० अर्ब तान्दै राष्ट्र बैंक

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • बैंकिङ प्रणालीको ४० अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ तान्ने भएको छ । 

    images
    images

    कर्जाको माग सुस्त भएपछि बैंकमा थुप्रिएको पैसा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तान्न लागेको हो । 

    २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल प्रक्रियामार्फत राष्ट्र बैंकले तरलता तान्ने जनाएको छ । उक्त रकमको साँवा तथा ब्याज भुक्तानी असोज १६ गते हुनेछ । 

    निक्षेप संकलन उपकरणको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् । 

    बोलकबोलमा सहभागी हुन चाहने संस्थाले बुधबार आवेदन दिन पाउनेछन् । बिहीबार बिहान निष्कासनको घोषणा हुने राष्ट्र बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार