images
images

कृषि मन्त्रालयले रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने

कृषि मन्त्रालयले रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • कृषि मन्त्रालयले रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने

    काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको छ । 

    images
    images

    मन्त्रालयले महिना दिनभित्र रासायनिक मलको तथ्याङ्क विद्युतीय प्रणालीमा राख्ने तयारी गरेको हो । अहिले एक महिनाभित्र तयार हुने गरी सो प्रणाली आन्तरिक रूपमा सफ्टवेयर तयार गरी ‘डेमो’ भइरहेको मन्त्रालयले जनाएको छ । 

    उक्त प्रणालीमा मलको आयात, सञ्चय, प्रदेश तथा स्थानीय तहलाई विभाजन हुने कोटा, बिक्रेता तथा लाभाग्रहीको तथ्याङ्क व्यवस्थापन गरिनेछ ।

    रासायनिक मलको लागि विद्युतीय प्रणालीबाटै आवेदन दिइनुपर्नेछ । 

    एक पटक मल प्राप्त गरेका सेवाग्राहीले मलको विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार