images
images

जीवन बीमा कम्पनीको व्यापार घट्दा निर्जीवनको बढ्यो, कति छन् बीमाको पहुचमा

जीवन बीमा कम्पनीको व्यापार घट्दा निर्जीवनको बढ्यो, कति छन् बीमाको पहुचमा

एक महिनामा हाल सञ्चालनमा रहेका जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरूले २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँको व्यापार गरेका हुन्।

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • जीवन बीमा कम्पनीको व्यापार घट्दा निर्जीवनको बढ्यो, कति छन् बीमाको पहुचमा

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा अर्थात साउनमा बीमा कम्पनीहरुले २२ अर्ब ८८ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनामा हाल सञ्चालनमा रहेकका जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूले २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँको व्यापार गरेका हुन्। 

    प्राधिकरणको तथ्याङ्क अनुसार यो गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधीको तुलनमा २.९९ प्रतिशतले कम हो। गत आर्थिक बर्षको साउनमा बीमा कम्पनीहरुले २३ अर्ब ५९ करोड २८ लाख रुपैयाँको व्यापार गरेका थिए।

    हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्।

    २०८१ साउनमा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा व्यापार ५.२६ प्रतिशतले घटेको छ। २०८० साउनमा जीवन बीमकहरुले १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। 

    यसैगरी २०८१ साउनमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा निर्जीवन बीमकको व्यापार भने ८.१७ प्रतिशतले बढेको छ।२०८० साउनमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। 

    २०८१ साउनमा जीवन बीमा कम्पनीको कुल सक्रिय बीमालेख १ करोड ३७ लाख ७ हजार २५१ वटा रहेको छ। अघिल्लो वर्षको तुलनामा सक्रिय बीमालेख संख्या २.२४ प्रतिशतले घटेको छ। २०८० साउनमा कुल सक्रिय बीमालेख संख्या १ करोड ४० लाख २१ हजार ५४० वटा थियो। 

    त्यस्तै २०८१ साउनमा निर्जीवन बीमकको कुल सक्रिय बीमालेख २ लाख ४१ हजार ३१४ वटा रहेको छ। अघिल्लो वर्षको तुलनामा सक्रिय बीमालेख संख्या १२.८५ प्रतिशतले बढेको छ। २०८० साउनमा कुल सक्रिय बीमालेख संख्या २ लाख १३ हजार ८२८ वटा थियो। 

    २०८१ साउनमा कम्पनीहरुले २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क संकलन गरेका छन् भने नवीकरण जीवन बीमाशुल्कबापत १५ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ उठाएका छन्।

    २०८१ साउनसम्म बीमा दायरामा ४२.७० प्रतिशत जनसंख्या आएको प्राधिकरणको तथ्यांकले देखाउँछ। जब कि २०८० साउनसम्म ४४ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार