काठमाडौँ / गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २४ निर्णयहरू गरेको छ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई Global operational Network of Anti-Corruption Law Enforcement Authorities
(Globe Network) को सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेलगायतका २४ निर्णयहरू गरेको हो ।
यसैगरी, अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई कर्मचारी सञ्चय काषण्को सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ भने कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका सिइओ गोविन्द गुरुङलाई मनोनयन गरेको छ ।
यसैगरी, एसियाली विकास बैंकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११५ मिलियन अर्थात करिब १५ अर्ब २९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय छ ।
विस्तृतमा हेर्नुस्