images
images

आज आइतबार यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज आइतबार यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • आज आइतबार यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मनसुनी वायुको प्रभाव देशभर छ। मनसुनको न्यूनचापीय रेखा आइतबार सरदर स्थानको दक्षिणतिर रहेको छ। 

    आज आइतबार बिहानको मौसम देशभर आंशिकद‍ेखि साधारणतया बदली रहेको र गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

    दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कोशी, बागमती र  गण्डकी प्रदेशका एक-दुई स्थानमा दिउँसो भारी वर्षा हुने पूर्वानुमान पनि महाशाखाले गरेको छ।  

    आइतबार राति पनि देशभर आंशिक‍देखि साधारणतया बदली रहने छ।

    राति कोशी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार