images
images

नेपाल स्काउटको ‘तीज सेवा शिविर’ पशुपतिमा, दर्शनार्थीहरुलाई  सहज

नेपाल स्काउटको ‘तीज सेवा शिविर’ पशुपतिमा, दर्शनार्थीहरुलाई  सहज

शनिवार, भदौ २२ २०८१
शनिवार, भदौ २२ २०८१
  • नेपाल स्काउटको ‘तीज सेवा शिविर’ पशुपतिमा, दर्शनार्थीहरुलाई  सहज

    काठमाडौं/  नेपाल स्काउट बागमती प्रदेश स्काउट, स्थानीय स्काउट काठमाडौंद्वारा एक दिने 'तीज सेवा शिविर' सम्पन्न गरेको छ । शिविर हिजो शुक्रबार काठमाडौंको पशुपति परिसरमा सम्पन्न भएको आयोजकले जनाएको छ  । 

    प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा नेपाल स्काउटले विगतका वर्षहरुमा झैं यस वर्ष पनि शिविरको आयोजना गरेको जनाएको छ । 

    विभिन्न क््रयूका ८४ जना रोभर/ रेन्जर र ६६ जना गर्ल/ ब्वाय स्काउट गरी जम्मा १ सय ५० जनाले उक्त सेवा शिविरमा स्वयं सेवकको जिम्मेवारी पूरा गरेका थिए । 

    उक्त शिविरमा निरिक्षकको रुपमा नेपाल स्काउटका राष्ट्रिय सचिव तथा राष्ट्रिय प्रशिक्षक शिवराम अर्याल, बागमती प्रदेश प्रमुख शिवकुमार त्वयना, बागमती प्रदेश सामुदायिक आयुक्त धर्म मल्ल, राष्ट्रिय परिषद् सदस्यहरु, बागमती प्रदेश परिषद् सदस्यहरु तथा स्थानीय स्काउट काठमाडौं महानगरपालिकाका प्रमुख आयुक्त लगायत कार्यकारी तथा परिषद् सदस्यको बाक्लै उपस्थिति रहेको सेवा शिविरका प्रमुख राजकुमार सिंखडाले अर्थ डबलीलाई बताए । 

    1.jpg
     

    स्काउटको पूर्ण पोशाकमा उपस्थित हँसिलो मुहारमा रसिलो बोली भएका युवा स्काउटको व्यवहारले दर्शनार्थीहरुलाई सहज भएको थियो । मन्दिर परिसरमा लाइन बस्दा समेत आनन्दको अनुभूति भएको दर्शनार्थीले बताएका थिए । नेपाल स्काउटको स्थापना कालकै समयदेखि युवा विद्यार्थीलाई समाज, संस्कृति र सेवाको महत्व बुझाउने उद्देश्यले सुरु गरिएका यस्ता धार्मिक तथा सांस्कृतिक महत्वका काममा अझ व्यापक रुपले युवा स्काउटलाई परिचालन गर्नुपर्ने देखिन्छ ।

    आजकाल स्काउट बाहेक अन्य संघसंस्थाले पनि स्वयंसेवा दिने कार्यलाई व्यापक बनाउँदै लगेको देखिन्छ तर स्काउट मात्र एउटा यस्तो शैक्षिक अभियान हो जसले युवा बालबालिकामा देशभक्ति जगाउँदै स्थानीय स्रोत साधनको उपयोगबाट विश्व बजारको माग अनुसारको जनशक्ति उत्पादनमा जोड दिँदै आएको छ । 

    7.jpg

    उक्त शिविरमा नै पछिल्लो समयमा हाम्रा बालबालिकामा हामीले देशपे्रम जगाउन नसकेको गुनासो एक शिक्षासेवीले गरे । 

    देशप्रेम जगाउनका लागि स्काउट नै एउटो बलियो आधार हुन सक्ने मत समेत विभिन्न फोरममा शिक्षाविद्हरुले राख्दै आएका छन् ।  

    स्काउटका विभिन्न तहका माध्यमबाट ६ वर्षदेखि २५ वर्षका युवाहरु प्रत्यक्ष रुपमा यो अभियानमा संलग्न हुनसक्छन् ।  स्काउटमा आवद्ध भएर उनीहरुले आफ्नो  शारीरिक, मानसिक, संवेगात्मक तथा आध्यात्मिक विकासमा जोड दिने गर्दछन् । 

    2.jpg

    वर्तमान समयमा बढ्दो युवा पलायन र शैक्षिक सुधारका लागि समेत स्काउट नै बलियो आधार बन्न सक्ने शिक्षाबिद्हरु बताउँछन् । युवा बालबालिकालाई सानै उमेरदेखि न्यूनतम जीवन उपयोगी शिक्षा दिने र चेन अफ कमाण्डमा रहेर अनुशासनलाई कडाइका साथ अगाडि बढाउने एक मात्र मर्यादित बनाउन स्काउटले सिकाउँछ । 

    स्काउटले हरेक बस्तु अर्थात् उपलब्ध साधन स्रोतलाई अत्यन्त मितव्ययी रुपले खर्च गर्न सिकाउँछ जुन कुरा युवा बालबालिका देखि नै हामीले पुस्तान्तरण गर्न जरुरी छ । 

    3.jpg

     

    5.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार