images
images

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन प्रतितोला १३ सय रुपैयाँले महँगियो

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन प्रतितोला १३ सय रुपैयाँले महँगियो

शुक्रवार, भदौ २१ २०८१
शुक्रवार, भदौ २१ २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन प्रतितोला १३ सय रुपैयाँले महँगियो

    काठमाडौँ / शुक्रबार सुनको मूल्यमा उच्च बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो । 

    नेपाली नारीहरूको पर्व हरितालिका तीजकै दिन सुनको भाउ बढेर प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ । 

    भदौ यता, नेपाली बजारमा सुनको कारोबार बृद्धि हुने सिजन भए पनि लगातारको मूल्यबृद्धिले बजार अझै सुनसान जस्तै रहेको व्यवसायीहरू बताउँछन् । 

    महासङ्घका अनुसार, बिहीबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यसअघि भदौ १३ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने सुनको मूल्य सामान्य घटबढ हुँदै कारोबार भइरहेको थियो ।

    आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँ बढेको छ । विहीबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बढेर आज भने १ हजार ७९५ रुपैयाँ कायम भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार