images
images

तरलता अनुसार बढ्न सकेन कर्जा, बैंकमा थुप्रियो पैसा, आज ४० अर्ब तान्दै राष्ट्र बैंक

तरलता अनुसार बढ्न सकेन कर्जा, बैंकमा थुप्रियो पैसा, आज ४० अर्ब तान्दै राष्ट्र बैंक

बुधवार, भदौ १९ २०८१
बुधवार, भदौ १९ २०८१
  • तरलता अनुसार बढ्न सकेन कर्जा, बैंकमा थुप्रियो पैसा, आज ४० अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौँ / चाडर्वको मुखमा कर्जाको माग सामान्य बढे पनि बैंकिङ प्रणालीमा रहेको तरलता अनुसार कर्जा बढ्न नसक्दा नेपाल राष्ट्र बैंकले बुधबार तरलता खिच्ने भएको छ । 

    images
    images

    निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

    २१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४० अर्ब तरलता खिच्न लागिएको हो । 

    निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रीय बैंकले जनाएको छ । जसको साँवा र ब्याज भुक्तानी आगामी ९ असोजमा हुनेछ ।

    राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ १६ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ। बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी भने ५१ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार