images
images

एमयु र आइआइटी इन्दोरबीच समझदारी पत्रमा हस्ताक्षर

एमयु र आइआइटी इन्दोरबीच समझदारी पत्रमा हस्ताक्षर

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • एमयु र आइआइटी इन्दोरबीच समझदारी पत्रमा हस्ताक्षर

    काठमाडौँ / मध्यपश्चिम विश्वविद्यालय, नेपाल र भारतको मध्यप्रदेशमा अवस्थित आइआइटी इन्दोरबिच दुई पक्षीय समझदारी भएको छ। मंगलबार एक आयोजित एक समारोहबिच मध्यपश्चिम विश्वविद्यालय र आइआइटी इन्दोरबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

    images
    images
    images
    images

    मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा अध्ययन संस्थान सानेपाको बैठक हलमा आयोजित एक कार्यक्रममा दुई संस्थाका प्रमुखबीच समझदारी पत्र आदान प्रदान भएको थियो । 

    उक्त समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतम र आइआइटी इन्दोरका तर्फबाट डाइरेक्टर प्रा. सुहाश एस. जोशीले हस्ताक्षर गरेका थिए ।

    कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी तथा ग्य्राजुएट स्कुल अफ इञ्जिनियरिङ्गका डीन सह प्रा.डा. सुदीप ठकुरी, आइआइटीका डीन प्रो. अविनाश सोनावानीज्यू तथा प्राध्यापक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । 

    2.JPG

    उक्त अवसरमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट एमआइसिडीका कार्यकारी निर्देशक प्रा.डा. दिनेशराज भुजु र आइआइटी इन्दोरका तर्फबाट डीन प्रा. सोनावानीले आ-आफ्नो संस्थामा चलेका शैक्षिक तथा प्राज्ञिक कार्यक्रम र भैरहेका विभिन्न कार्यहरूको प्रगति प्रस्तुत गरेका थिए ।  

    कार्यक्रममा उपकुलपति प्रा.डा. गौतमले दुई शैक्षिक संस्थाका बीच भएको सम्झौताका माध्यमबाट प्राध्यापक तथा विद्यार्थी आदानप्रदान हुनुका साथै अनुसन्धान र प्रकाशनका लागि सहकार्य र शैक्षिक भ्रमण मार्फत प्राध्यापक एवं विद्यार्थी लाभान्वित हुने र आपसी समझदारी तथा दुई पक्षीय सहयोग विस्तार हुने विश्वास व्यक्त गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार