images
images

निर्जीवन बीमा कम्पनीले तलबभत्तामा खर्च गर्यो ५ अर्ब ५२ करोड, कुन कम्पनीले कति ?

निर्जीवन बीमा कम्पनीले तलबभत्तामा खर्च गर्यो ५ अर्ब ५२ करोड, कुन कम्पनीले कति ?

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • निर्जीवन बीमा कम्पनीले तलबभत्तामा खर्च गर्यो ५ अर्ब ५२ करोड, कुन कम्पनीले कति ?

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा अर्थात एक बर्षमा निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीहरूको तलबभत्तामा ५ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढी खर्च गरेका छन्।

    images
    images

    निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको आफ्नो वित्तीय विवरणअनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूलेगत आर्थिक वर्षमा कर्मचारीको तलब र भत्तामा ५ अर्ब ५२ करोड ७५ लाख रुपैयाँ खर्च गरेका हुन्।

    अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कर्मचारीका लागि गरिएको खर्च ३३.८० प्रतिशतले बढेको छ।अघिल्लो आर्थिक वर्ष २०७९/८० मा जीवन बीमकहरुले कर्मचारीहरुका लागि ४ अर्ब १३ करोड १२ लाख रुपैयाँ खर्च गरेका थिए। 

    सिद्धार्थ प्रिमियरको खर्च सबैभन्दा धेरै, एनएलजीले कम

    हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये कर्मचारीका लागि सबैभन्दा धेरै खर्च गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले समीक्षा वर्षमा ६६ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ। यो खर्च अघिल्लो वर्षको तुलनामा ७०.६१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३९ करोड १६ लाख रुपैयाँ खर्च गरेको थियो।

    यस्तै, एनएलजी इन्स्योरेन्सले कर्मचारीका लागि सबैभन्दा कम खर्च गरेको छ । कम्पनीले एक बर्षमा २८ करोड ७२ लाख रुपैयाँ कर्मचारीको तलब र भत्तामा गरेका हुन् । यो खर्च अघिल्लो वर्षको तुलनामा ०.६२ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले २८ करोड ९० लाख रुपैयाँ खर्च गरेको थियो। 

    अन्य कुन कम्पनीले कति ? 

    कर्मचारीका लागि दोस्रो धेरै खर्च गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। समीक्षा वर्षमा यो कम्पनीले तलब र भत्तामा ६१ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष ३९ करोड ७७ लाख रुपैयाँ खर्च गरेको थियो। अघिल्लो वर्षको तुलनाम समीक्षा वर्षमा कम्पनीले कर्मचारीका लागि गरेको खर्च ५५.४२ प्रतिशतले बढेको छ।

    तेस्रोमा शिखर इन्स्योरेन्स रहेको छ। समीक्षा वर्षमा यो कम्पनीले कर्मचारीको तलब र भत्तामा ५६ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ। समीक्षा वर्षमा खर्च ९.८२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो खर्च ५१ करोड ६० लाख रुपैयाँ रहेको थियो। 

    समीक्षा वर्षमा कर्मचारीको तलब र भत्तामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४८ करोड १९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ४६ करोड ६० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४३ करोड ७५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ४३ करोड ६७ लाख रुपैयाँ, सानिमा इन्स्योरेन्सले ३५ करोड ९७ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले ३५ करोड ४६ लाख रुपैयाँ खर्च गरेका छन्।

    यसैगरी समीक्षा वर्षमा ओरिएन्टल इन्स्योरेन्सले २६ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २३ करोड ५७ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले १० करोड ६५ लाख रुपैयाँ कर्मचारीको तलब र भत्तामा गरेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार